Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे २ लाख कित्ता सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, ०९ : १५ मा प्रकाशित

प्रभु बैंककाे २ लाख कित्ता सेयर लिलामीमा, मूल्य कति ?

प्रभु बैंक लिमिटेडले आज (भदाै १५ गते, मंगलबार) बाट संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले संस्थापक समूहको २ लाख ५२ हजार ७ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

ओपन एण्ड फण्डमा लगानीको अवसर,सिईओ भन्छन- भविष्य हेरेर लगानी गर्नुहोस | NMB Saral Bachat Fund- E

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आज भदाै १५ गते, मंगलबारबाट भदाै २८ गते, साेमबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर २ सय १० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडाैँमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

612da3532cbec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको