Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : सेयर बजार झिनो अंकले बढ्यो, अधिकांश उपसमूह घट्यो, अरूण भ्याली हाइड्राेपावर लगानीकर्ताको रोझाइमा

नेप्से

बुधबार, १६ भदौ २०७८, १५ : ०१ मा प्रकाशित

नेप्से अपडेट : सेयर बजार झिनो अंकले बढ्यो, अधिकांश उपसमूह घट्यो, अरूण भ्याली हाइड्राेपावर लगानीकर्ताको रोझाइमा

लगातार घट्दै गइरहेकाे सेयर बजारमा आज (बुधबार)  १.१४ अंकले बढेको छ । दिनभर घट्दै बढ्दै गरीरहेकाे सेयर बजार अन्त्यमा बढेर नै बन्द भएकाे हाे । निरन्तरकाे करेक्सनले प्यानिक बनेका लगानीकर्ताहरू सेयर बजारमा हरियाली देखिँदा उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे पहिलाे काराेबार दिन आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.१४ अंकले बढेर २९७६.९८ विन्दुमा पुगेकाे छ । नेप्से ०.०४ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेकाे छ ।

कूल २२६ वटा कम्पनीकाे एक कराेड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ४ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

612f496747f17.jpg

बुधबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५९ कराेड ९९ लाख ३६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

612f496d7a905.jpg

बुधबार रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ७.५५ प्रतिशतले बढेर एक हजार ४ सय ४८ रूपैयाँ पुगेकाे छ ।

612f497284dcd.jpg

यता सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

612f497861159.jpg

याे पनि :

बजारमा त्रास आएकै हो ? अब कसरी लगानी गर्ने ? Forecast for Bhadra 13-17 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको