Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

बुधबार, १६ भदौ २०७८, १७ : ०१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९.००५६ प्रतिशत बाेनस बापतकाे १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाईचुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

त्यसैगरी, नागरिक लगानी काेषकाे ९ प्रतिशत बाेनस बापतकाे २७ लाख कित्ता सेयर सूचिकृत भएको हाे । 

कोषले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका सेयरधनीहरूलाई चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको