Like us!
Follow us!
Connect us!
Watch us!

इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाईने

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १७ : ४६ मा प्रकाशित

इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाईने

अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अब नेपाली बजारमा पाईने भएको छ  । रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ । यस कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलोक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै बिश्व बजारमा उपलब्ध गराउँदै आएको छ ।  

नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन् । रिसिक टेडिङ  कन्र्सनकी म्यानेजिड डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलोक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अबदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु विश्वस्त रहेको बताएकी छिन् ।

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु विश्व  बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक भित्रिएको हो । ८ वर्षअघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्राण्डको रुपमा स्थापित भएको थियो ।

इन्टेक्स ब्राण्डका सामानको एक वर्षदेखि १० वर्षसम्म वारेन्टी रहेको छ । देशभर नै कम्पनीले सर्भिस सेन्टरहरुको स्थापना गरिसकेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको