यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखिएको छ । कम्पनीले बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा ६३ हजार ८४७ कित्ता सेयरमा आवेदन नपरेकाले उक्त सेयर लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले पहिलो पटक जेठ २९ गतेदेखि असार ८ गतेसम्म संस्थापक सेयरधनीहरुका लागि लिलाम बढाबढ गरि बिक्री गर्न बोलपत्र आब्हान गर्दा साविकका संस्थापक सेयरधनीहरुबाट दरखास्त प्राप्त हुन नभएपछि अब सबैले आवेदन दिन पाउने गरि उक्त सेयर लिलामी बिक्रीमा रहेको छ । उक्त सेयरहरु खरिद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापक तथा योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार २५ गतेदेखि साउन १ गतेसम्म आवेदन दिनु पर्ने छ ।
उक्त सेयरको बोलपत्र फारम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ, लक्ष्मी सन्राइज बैंक लिमिटेड शाखा कार्यालयहरु कोशी प्रदेशका लागि विराटनगर–हनुमानदास सड़क मधेश प्रदेशका लागि वीरगन्ज– आदर्शनगर, जनकपुर–मानुचोक बागमती प्रदेशको हेटौडा– पारिजात पथ, नारायणघाट– बालकुमारी चोक, गण्डकी प्रदेशको पोखरा न्युरोड, लुम्बिनी प्रदेशको बुटवल–मिलन चोक, नेपालगन्ज–न्युरोड, कर्णाली प्रदेशको वीरेन्द्रनगर–वीरेन्द्रचोक र सुदुरपश्चिम प्रदेशको धनगढी शहीद गेटमा रहेको शाखा कार्यालयहरुबाट प्राप्त गर्न र पेश गर्न सकिने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस