Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २४ असार २०८३, १० : २० मा प्रकाशित

सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

सिद्धार्थ बैंक लिमिटेडले ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले ४ जना संस्थाक सेयरधनीको नाममा रहेको ४२ हजार ३०५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयरमा हाल कायम विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । उक्त सेयर खरिदका लागि सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन कार्यालय समय भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई आवश्यक कागजात सहितको लिखित आवेदन दिनु पर्ने छ ।

तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा वा प्राप्त निवेदनबाट प्रस्तावित सम्पूर्ण सेयरको लागि निवेदन पेश नभएमा प्रचलित कानून बमोजिम गैर संस्थापक व्यक्ति वा संस्थालाई समेत संस्थापक सेयर बिक्री गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।

बैंकले अजय कुमार जालानको नाममा रहेको ३८ हजार ९०५ कित्ता, जमुना जोशीको नाममा रहेको १ हजार १३३ कित्ता, जेम जोशीको नाममा रहेको १ हजार १३३ कित्ता र जेमी जोशीको नाममा रहेको १ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको