Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड - ई' आजदेखि खुल्याे, कति दिने आवेदन ?

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, ०६ : ४० मा प्रकाशित

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'एनएमबि सरल बचत फन्ड–ई' आज (भदाै १७ गते, बिहीबार) बाट निष्कासन तथा बिक्री खुल्ला भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेको फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

वार्षिक १५% भन्दा धेरै लाभांश दिन्छाैँ, ढुक्क भई लगानी गर्नुस्: कमलप्रसाद नेपाल, निमित्त सिईओ, एनएमबि क्यापिटल

कति दिने आवेदन ?

यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतम ४० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

याे फण्डमा लगानीकर्ताले छिटाेमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

फण्डकाे बारेमा अन्य विवरण तलकाे सूचनाबाट हेर्न सक्नुहुनेछ :

याे पनि हेर्नुहाेस् :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको