Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिक १५% भन्दा धेरै लाभांश दिन्छाैँ, ढुक्क भई लगानी गर्नुस्: कमलप्रसाद नेपाल, निमित्त सिईओ, एनएमबि क्यापिटल

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १२ : २२ मा प्रकाशित

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने 'एनएमबि सरल बचत फन्ड–ई' निष्कासन तथा बिक्री खुल्ला  भएको छ ।  लगानीकर्ताहरूलाई यो फण्डमा ढुक्क भएर लगानी गर्न एनएमबि क्यापिटल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद नेपालले आग्रह गरेका छन् ।

अर्थ संसारकाे कार्यक्रम अर्थ संसार विशेषमा कुराकानी गर्दै उनले लगानीकर्ताले गरेको लगानीलाई फिर्ता गर्दा निराश नहुने गरी राम्राे प्रतिफल दिन सक्ने बताएका छन् । उनले एनएमबि सरल बचत फन्ड–ई ले वार्षिक १५ प्रतिशतभन्दा धेरै लाभांश दिनसक्ने दावी गरेका छन् ।

तीन वटा म्युचुअल फण्ड हुँदा हुँदैपनि क्यापिटले पुन: चौंथो म्युचुअल फण्ड सञ्चालन गर्न लागेको हो । यो भन्दा अघि सञ्चालनमा रहेको तीन वटै फण्ड बन्दमुखी फण्ड हुन् भने अहिले सञ्चालनमा आउन लागेको फण्ड खुल्लामुखी हाे । खुल्लामुखी फण्डको कुनै समय सीमा नहुने र साना लगानीकर्ताहरुलाई राम्रो फाइदा हुने भएकाले नयाँ फण्ड ल्याउन लागिको नेपालले बताएका छन् । याे फण्डको प्रमुख फोकस भनेको इक्वीटीमा हो । 

क्यापिटलले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे छ । 

लगानीकाे अवसर : 'एनएमबि सरल बचत फन्ड - ई' भदौ १७ गतेदेखि बजारमा आउँदै

यस खुलामुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् । भाेलि भदाै १७ गते, बिहीबारबाट निष्कासन गरिने याे फण्डमा लगानीकर्ताले भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट, सि–आस्बा प्रणालीमार्फत वा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

निमित्त प्रमुख कार्यकारी अधिकृत कमल प्रसाद नेपालसँग गरिएकाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको