Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको आईपीओ शुक्रबारबाट बिक्रीमा ल्याइने, कसरी दिने आवेदन ?

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, ०७ : ४९ मा प्रकाशित

सामलिङ्ग पावरको आईपीओ शुक्रबारबाट बिक्रीमा ल्याइने, कसरी दिने आवेदन ?

सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे यसअघि स्थगित भएकाे साधारण सेयर (आईपीओ) भाेलि (भदाै १८ गते, शुक्रबार) बाट पुन: बिक्रीमा ल्याइने भएकाे छ । यसअघि साउन २२ गते, शुक्रबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएकाे साधारण सेयर (आईपीओ) कोरोना भाइरसकाे संक्रमणका कारण ईलाम जिल्लामा पनि निषेधाज्ञा जारी गरिएकाे हुनाले स्थगित गरिएकाे थियाे ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न बाेर्डले अनुमति दिएकाे छ ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएकाे छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटाेमा असाेज १ गतेदेखि ढिलाेमा असाेज १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

उर्जा डेभलपर्स प्राइभेट लिमिटेडको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडले इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३र१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

613033223e197.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको