Like us!
Follow us!
Connect us!
Watch us!

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, १२ : १६ मा प्रकाशित

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । ४० वर्षिय शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हाे । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । 

बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका उनकाे बिहिबार बिहान हृदयघातका कारण निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

उनी बिग बोसको १३औँ संस्करण जित्न सफल भएका थिए ।  टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट पहिचान बनाएका उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ बाट बलिउडमा डेब्यू गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको