Like us!
Follow us!
Connect us!
Watch us!

लिपुलेक–लिम्पियाधुरा विवाद समाधानका लागि इङ्ग्ल्यान्डसँग पनि छलफल भइरहेको छ - प्रधानमन्त्री

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १३ : ५१ मा प्रकाशित

लिपुलेक–लिम्पियाधुरा विवाद समाधानका लागि इङ्ग्ल्यान्डसँग पनि छलफल भइरहेको छ - प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक–लिम्पियाधुरा सीमा विवादबारे सरकारले इङ्ग्ल्यान्डसँग पनि छलफल गरेको बताएका छन्। ब्रिटिश भारतकालीन इतिहाससँग जोडिएको भएकाले इङ्ग्ल्यान्ड सरकारले पनि यसमा सरोकार राख्नुपर्ने सरकारको धारणा रहेको उनको भनाइ छ।

एमाले सांसद पद्मा अर्यालले भारत र चीनबीच भएको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन्। त्यसको जवाफमा प्रधानमन्त्री शाहले नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको र भारतले पनि जवाफ दिइसकेको जानकारी दिए।

उनका अनुसार भारतले दुवै देशका विज्ञसहित टेबल टकमार्फत समाधान खोज्ने प्रस्ताव गरेको छ। साथै, इङ्ग्ल्यान्डसँग समेत छलफल गर्दै सरकारले यस विषयमा समाधान खोज्ने उनले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको