Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ वटा बैंककाे ऋणपत्र सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, १४ : ०८ मा प्रकाशित

नेप्सेमा २ वटा बैंककाे ऋणपत्र सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार २ वटा बैंककाे ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार "८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८" काे २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

लक्ष्मी बैंक लिमिटेडले असार २८ गते साेमबारबाट साउन ५ गतेसम्म १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियाे ।

61308b2e4accd.jpg

त्यसैगरी, "८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५" काे १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे  ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

61308b2955f28.jpg 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको