Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा प्यानिक : "राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरण बजारले पचाउन सकेन"

अर्थ संसार

विहीबार, १७ भदौ २०७८, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा प्यानिक : "राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरण बजारले पचाउन सकेन"

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक, उपसमूह र काराेबार रकम सबै घटेकाे छ ।

नेपाल स्टक मार्केट एनालाईसिस एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवमं अनुभवी लगानीकर्ता गोपाल स्वामीले नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणले गर्दा सेयर बजार निरन्तर तल झरेको बताएका छन् । राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरण अझै पनि बजारले पचाउन नसकेको उनले बताएका छन् । बजार घट्न अन्य कुनै कारण नरहेको उनी बताउँछन् ।

नेपाल राष्ट्र बैंकले जारी गरेकाे माैद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धिताे कर्जाकाे सीमालाई १२ कराेडमा सिमित गरेकाे छ । याे सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा असर देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.१३ अंकले घटेर २९२६.८९ विन्दुमा पुगेकाे छ । नेप्से १.७८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.९० अंकले घटेर ५४१.७७ विन्दुमा झरेकाे छ ।

कूल २३० वटा कम्पनीकाे एक कराेड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61309db064f5f.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ ।

61309db74ea4b.jpg

बिहीबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५७ कराेड ४० लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

61309dbbd7b2f.jpg

बिहीबार सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ३९ रूपैयाँ ९० पैसा पुगेकाे छ । मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ५ सय ३ रूपैयाँ पुगेकाे छ ।

61309dc0d165c.jpg

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

61309dc6d0047.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको