Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेप्से

शुक्रबार, १८ भदौ २०७८, १५ : १५ मा प्रकाशित

नेप्सेमा १० कम्पनीकाे सेयर सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्जमा यस साता विभिन्न १० वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार ३ वटा कम्पनीकाे ऋणपत्र, एउटा आईपीओ, एउटा लिलाम बढाबढ गरी बिक्री गरिएकाे हकप्रद सेयर, एउटा म्युचुअल फण्ड र ४ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।

१.  विकास ऋणपत्र

नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे ५ वर्ष अवधि भएकाे २०८३ 'ङ' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो । याे ऋणपत्रकाे व्याजदर ४.३७ प्रतिशत रहेकाे छ ।  नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

२. सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेड

कम्पनीकाे १२ प्रतिशत बाेनस बापतकाे १२ लाख कित्ता सेयर सूचिकृत भएको हाे । कम्पनीकाे जेठ २८ गते सम्पन्न भएकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

३. लक्ष्मी बैंक लिमिटेड

"८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८" काे २० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । लक्ष्मी बैंक लिमिटेडले असार २८ गते साेमबारबाट साउन ५ गतेसम्म १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ नाममा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियाे ।

४. मुक्तिनाथ बैंक लिमिटेड

"८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५" काे १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले साउन ७ गते बिहीबारबाट साउन १२ गते, मंगलबारसम्म ७ वर्ष अवधिकाे ८.७५ प्रतिशत व्याजदर भएकाे  ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नाममा १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

५. स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे १९.००५६ प्रतिशत बाेनस बापतकाे १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएकाे हाे । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाईचुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र ११ गते, बुधबार, अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे संस्थाकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

६. नागरिक लगानी काेष

काेषकाे ९ प्रतिशत बाेनस बापतकाे २७ लाख कित्ता सेयर सूचिकृत भएको हाे । कोषले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका सेयरधनीहरूलाई चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

७. समृद्धि फाइनान्स कम्पनी लिमिटेड

कम्पनीकाे १४ लाख २० हजार ७ सय १८ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । फाइनान्सले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

८. सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेड

कम्पनीकाे २ कराेड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियाे ।

९. एनआईसी एशिया सेलेक्ट-३० फण्ड 

‘एनआईसी एशिया सेकेक्ट–३०' फण्डकाे १२ कराेड ५० लाख इकाईहरू सूचिकृत भएकाे हाे । फण्डलाई दाेश्राे बजारमा काराेबार गर्न NICSF सिम्बाेल प्रदान गरिएकाे छ । एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’  नामक सामुहिक लगानी कोष बिक्री गरेकाे थियाे ।

१०. नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाकाे ८.१३ प्रतिशत बाेनस बापतकाे एक लाख ९१ हजार ५ सय २० कित्ता सेयर सूचिकृत भएको हाे ।  संस्थाले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको