Like us!
Follow us!
Connect us!
Watch us!

२ वटा बैंकसहित ३ कम्पनीकाे सेयर आजबाट लिलामीमा, कुनकाे मूल्य कति ?

अर्थ संसार

आइतबार, २० भदौ २०७८, ०८ : ११ मा प्रकाशित

२ वटा बैंकसहित ३ कम्पनीकाे सेयर आजबाट लिलामीमा, कुनकाे मूल्य कति ?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडकाे स्वामित्वमा रहेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै २० गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । 

जसमध्ये, सेञ्चुरी कमर्सियल बैंककाे मूल्य १५० रूपैयाँ, मञ्जुश्री फाइनान्सकाे मूल्य ३५० रूपैयाँ र कामना सेवा विकास बैंक लिमिटेडकाे २५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम ५ हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि भदाै २७ गते, आइतबारसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61342bdb79818.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको