साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजारमा नकारात्मक सर्किट लागेकाे छ ।
१२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएकाे नेप्सेले जनाएकाे छ ।
यस अवधिसम्म नेप्से परिसूचक ५.०३ प्रतिशत अर्थात् १४७.३७ अंकले घटेर २७७९.६८ विन्दुमा झरेकाे छ ।
कुल २१५ कम्पनीको १ कराेड ४८ लाख ३१ हजार ७ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १९ कराेड ९० लाख ३५ हजार ६ सय ७१ रुपैयाँ बराबरको भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस