Like us!
Follow us!
Connect us!
Watch us!

कोजेन्ट हेल्थ बन्यो स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १४ : ३८ मा प्रकाशित

कोजेन्ट हेल्थ बन्यो स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी

कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेची अञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । यो सँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्धित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।  

एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बीमामा आवद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बीमा योजनामा आवद्ध भए नभएको जाँच गर्न र आवद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बीमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् । साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रूपमै बिरामीको बीमा दाबी गर्न सक्षम हुने भएका छन् ।

यो सँगै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बीमा दावी गर्न बीमीतलाई स्वास्थ्य सेवाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपतहुने अवस्थाको अन्त्य हुने भएको छ । इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बीमा सूचना प्रणाली जस्ता दुई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएकाे छ । कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ । 

कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले  इलेक्ट्रोनिक हेल्थ रेकर्डमा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको