Like us!
Follow us!
Connect us!
Watch us!

धादिङमा सचेतना मुलक कार्यक्रम गरि मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १५ औं राष्ट्रिय दिवस

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १९ : ३३ मा प्रकाशित

धादिङमा सचेतना मुलक कार्यक्रम गरि मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १५ औं राष्ट्रिय दिवस

मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १५ औं राष्ट्रिय दिवसको अवसरमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम आइतबार  सम्पन्न भएको छ । मानव बेचबिखन मुक्त समाज , हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता भन्ने  आर्दश बाक्यको साथमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालय ,मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संञ्जालको सहकार्य तथा प्रयास नेपाल धादिङको व्यवस्थापनमा गजुरी गापा १ हाँगेटार र सिद्धलेक गाउँपालिका वडा नं ६ ईर्जुमा सम्पन्न भएको छ ।

कार्यक्रम गैरसरकारी संस्था महासंघका बागमती प्रदेश समितिका अध्यक्ष समेत रहेका प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल , सामाजिक अगुवाहरु ईन्द्रमाया चेपाङ ,भिम कुमारी श्रेष्ठ , गैसस महासंघ बागमती प्रदेश समिति सदस्य सुमित्रा चेपाङ लगायतले मानव बेचबिखन र अोसार पसारबाट हुने असर कम गर्न यस्तो जनचेतनामूलक कार्यक्रम बस्ती बस्तीमा सम्म पुराउनु पर्ने बताउनु भएको गजुरीबाट सबिना चेपाङले जानकारी दिनु भयो । हरेक बर्ष भदौ २० गतेलाई नेपालले मानव बेचबिखन बिरुद्ध राष्ट्रिय दिवसको रुपमा देशव्यापी रुपमा विभिन्न सचेतनामुक कार्यक्रम गरि मनाउदै अाएको छ ।

6134cc64eece5.jpg 6134cc689d560.jpg 6134cc6c6cce7.jpg 6134cc6f6b36e.jpg 6134cc72da7c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको