Like us!
Follow us!
Connect us!
Watch us!

प्रकाशकीय : 'अर्थ संसार' एघारौं वर्ष प्रवेश

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, ०६ : १२ मा प्रकाशित

प्रिय पाठकबर्ग,

अर्थसंसार आजदेखि एघारौं वर्षमा प्रवेश गरेको छ । हामीले आर्थिक मिडिया क्षेत्रमा रहेर १० वर्ष पूरा गरेका छौं ।आजका दिनसम्म तपाईंहरूबाट सधैं प्राप्त विश्वास र भरोसा नै हाम्रो सबैभन्दा ठूलो पुँजी हो । यसले जिम्मेवार पत्रकारिता गर्न हामीलाई सधैं प्रोत्साहित गरेको छ ।

साथै नेपाली वित्तीय जगतको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यमका रुपमा पाठकबर्गबीचमा सूचना सम्प्रेषण गर्ने पुल बनेर अघि बढ्न पाउँदा थप जिम्मेवारीको अनुभूति गरेका छौं । 

यो अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकबर्ग, विज्ञापनदाता, समाचारहरुका स्रोतहरु र हाम्रो सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छौं । तपाईहरूको समर्थन, विश्वास र सहभागिताले नै हामीलाई यो ठाउँमा पुर्याएको हो ।

यो १० वर्षे अवधिमा तथ्यमा आधारित रहेर पाठकबर्गलाई अर्थतन्त्रका विविध पक्षहरुमा सूसुचित गर्नुका साथै सम्बन्धित निकायलाई खबरदारी गर्ने काममा थप शशक्त बन्न अर्थसंसार टिमलाई थप प्रेरणा मिलेको छ । थप जिम्मेवार बनाएको छ ।

आर्थिक क्षेत्रमा केन्द्रित भई तथ्यपरक समाचार सम्प्रेषण गर्ने लक्ष्यका साथ उपस्थिति जनाएको अर्थसंसारमा प्रकाशन भएका समाचार सामाग्रीमा हामीले न्याय कति पुरा गरेका छौं र कति बाँकी छ यसको मूल्याङकन पाठकबर्गले नै गर्दै आउनु भएको छ । 

विगतमा जस्तै आगामी दिनमा पनि पाठकबर्गबाट आएको सुझावलाई रचनात्मक रुपमा प्रस्तुत गर्ने विश्वास दिलाउन चाहन्छौं ।

आगामी दिनमा पनि आर्थिक विधामा रहेर सत्यतथ्य र निष्पक्ष रुपामा कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै,हाम्रो यो यात्रामा पाठकबर्ग, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैको सकारात्मक अनि रचनात्मक भूमिकाको अपेक्षा गरेका छौं । यहाँहरुको सहयोगले अर्थसंसारमा अझै चुस्तता आउने र विश्वसनीय सञ्चार माध्यमका रुपमा विकास हुनेमा हामी विश्वस्त छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको