साेमबार सेयर बजारले उकालाे यात्रा तय गरिरहेकाे छ । यस समाचार तयार पार्दासम्म (१ बजे) नेप्से परिसूचक ८२.७४ अंकले बढेर २९०१.५८ विन्दुमा पुगेकाे छ ।
यस्तै, सेन्सेटिभ परिसूचक पनि १५.८७ अंकले बढेर ५३७.८६ विन्दुमा पुगेकाे छ ।
कूल २१६ वटा कम्पनीकाे ७२ लाख २५ हजार ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९४ लाख ६५ हजार ६ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।
यसै अवधिसम्म पाँचथर पावर र हिमाल दाेलखा हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस