Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायाे ‘डेटा सधैं अन’ अभियान

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १४ : ३८ मा प्रकाशित

एनसेलले ल्यायाे ‘डेटा सधैं अन’ अभियान

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । यस अभियानले मोबाइल ब्रोडब्याण्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ ।

देशको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासमा एक प्रमुख भुमिका निर्वाह गर्दै देशैभर उच्चगतिको इन्टरनेट सेवाको पहुँच सुनिश्चित गर्न र डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ छ । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल  वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । 

फोरजीरएलटीई प्रविधि अन्तर्गत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सकिन्छ । 

उच्चगतिको डेटा कनेक्टिभिटी आर्थिक र मानव विकासको लागि एक आधारभूत आवश्यकता बनि सकेको छ किनकी यसले  शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरु प्रवाह गर्न सक्ने क्षमता राख्दछ । बढ्दो डिजिटल डिभाइडको खाडल, असमानतालाई कम गर्न र समुदाय स्तरमा  सामाजिक विकासका लागि आवश्यक हुने विभिन्न अवसरहरुका निमित्त पनि यो अत्यावश्यक छ । कोभिड–१९ को प्रभाव पश्चात आफ्ना परिवार, साथीभाइ, आफन्तहरुसँग सम्पर्कमा रहिरहन, घरबाटै कार्यालयको काम गर्न र दुर शिक्षा अर्थात् अनलाइन कक्षा लगायतका कार्यका लागि पनि यो नभई नहुने भएको छ । 

मोबाइल ब्रोडब्याण्डको फाइदा सुनिश्चित गराउँदै कम्पनीले विभिन्न उपभोक्तामैत्री अफरहरु ल्याउनेछ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।

एनसेलले देशभरी  ७२ लाख भन्दा बढि ग्राहकलाई डेटा सेवा प्रदान गरिरहेको छ र त्यसमध्ये ४८ लाख ग्राहकले एनसेलको फोरजी सेवा प्रयोग गरिरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको