Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा 'गज्जबको' बाउन्स ब्याक, के बजार लयमा फर्किएकै हो ?

नेप्से

सोमबार, २१ भदौ २०७८, १४ : ५३ मा प्रकाशित

सेयर बजारमा 'गज्जबको' बाउन्स ब्याक, के बजार लयमा फर्किएकै हो ?

लगातारकाे करेक्सनपछि साेमबार सेयर बजारमा राैनकता देखिएकाे छ । हिजाे आइतबार नकारात्मक सर्किट ब्रेक लागेर बन्द हुने बेलामा १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा झरेकाे सेयर बजारमा आज गज्जबकाे बाउन्स ब्याक देखिएकाे छ । आज बजार झण्डै ६ प्रतिशतले बढेकाे छ । 

पुराना एवं अनुभवी लगानीकर्ता कुमार थापाले नेप्सेमा हिजोको गिरावटले लगानीकर्ताहरुको मनोभावनालाई केही कमजाेर बनाएको वा गिराएको थियो त्यसलाई आजको जब्बर बाउन्सब्याकले बढाईदिएको बताए । हिजो र आजको सेयर कारोबारबाट लगानीकर्ताहरुले गतिलो पाठ सिक्नुपर्ने बताउछँन् थापा । हिजो बजार घट्यो भनेर सेयर सस्तो मूल्यमा फाल्नेहरु आज पछुताउनु परेको छ त्यसैले लगानीकर्ताहरु आत्तिएर हतारमा घाटामै सेयर बेच्न नहुने उनको तर्क छ । 

आज अर्थमन्त्रीले गर्भनरलाई पनि सेयर बजारमा देखिएका समस्याहरु समाधान गर्न निर्देशन दिएको र अब लाभाशं वितरण र घोषणाको समय आएकोले गर्दा पनि अब बजारले उकालो यात्रा नै तय गर्ने भन्दै उनले आम लगानीकर्ताहरुलाई संयमित भएर सेयरमा लगानी गर्न अनुरोध गरेका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमा पुगेकाे छ । नेप्से ५.७४ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३१.४१ अंकले बढेर ५५३.४० विन्दुमा पुगेकाे छ ।

नेप्से परिसूचक बढ्दा काराेबार रकम भने बढेकाे छैन । कूल २२४ वटा कम्पनीकाे एक कराेड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6135e0b1b14d7.jpg

6135e0b647455.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै विकास बैंक उपसमूह बढेकाे छ ।

6135e0bb32bbb.jpg

साेमबार ४५ वटा कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेकाे छ । ८ वटा कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले र ७ वटा कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेकाे छ ।

6135e0c62dafa.jpg

साेमबार पनि धेरै काराेबार हुने कम्पनीहरूकाे अग्र स्थानमा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी नै छ । कम्पनीकाे ४६ कराेड ३० लाख ९१ हजार ४ सय ५६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

6135e0c098cd5.jpg

साेमबार घट्ने कम्पनीमा म्युचुअल फण्ड र डिबेञ्चरहरू छन् । 

6135e0cdb2247.jpg

याे पनि :

बजारमा ट्रेड गर्नु पूर्व बुझ्नु होस् यी कुरा, कुन सेक्टरमा के भइरहेको छ | Bhadra 20-23 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको