Like us!
Follow us!
Connect us!
Watch us!

१८ बुँदे माग राख्दै र्याली, राष्ट्र बैंकको प्रवक्तालाई बुझाइयो ज्ञापनपत्र (फोटो र भिडियोसहित)

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १७ : ११ मा प्रकाशित

पुँजी बजार सुधार संघर्ष समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै आज मोटरसाइकल र्याली निकालेका थिए । समितिले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् ।

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको हाे ।

समितीकाे कार्यक्रम अन्तर्गत आज सोमबार बृहत प्रदर्शनसहित राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम थियाे । मागहरु सम्बोधन नभएमा भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने र यदि गर्दा समेत आफ्ना मागहरु सम्बोधन नभए आमरण अनसनसम्म गर्ने कार्यक्रम रहेको छ ।

आज राष्ट्र बैंक घेराउ कार्यक्रमकाे तस्विरहरू हेर्नुहाेस् :

 

6135fddd24e97.jpg 6135fde3c658d.jpg 6135fde8c9bc8.jpg 6135fdeced031.jpg 6135fdf83c6da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको