Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, "आधारभूत रूपमा बलिया कम्पनीको सेयर किन्ने बेला हो"

नेप्से

मंगलबार, २२ भदौ २०७८, १४ : ५९ मा प्रकाशित

नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम, "आधारभूत रूपमा बलिया कम्पनीको सेयर किन्ने बेला हो"

आज (मंगलबार) फेरि सेयर बजारमा करेक्सन देखिएकाे छ । साेमबार नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७८ विन्दुमा पुगेकाे थियाे । मंगलबार नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । 

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीले अहिले बजारमा आधारभूत रूपमा बलिया कम्पनीको सेयर किन्ने बेला रहेकाे बताएकी छिन् । उनले राष्ट्र बैंककाे १२ कराेडकाे सीमा प्रकरणले गर्दा सेयर बजारमा उतारचढाव देखिएकाे बताएकी छिन् । अहिले लगानीकर्ताहरू बजारमा प्रवेश गर्न तयार नभएका देखिएकाे उनी बताउँछिन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० विन्दुमा झरेकाे छ । नेप्से १.४८ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०५ अंकले घटेर ५४८.३५ विन्दुमा पुगेकाे छ ।

कूल २२२ वटा कम्पनीकाे एक कराेड ५० लाख ८२ हजार ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड र अन्यबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । 

मंगलबार पनि सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५२ रूपैयाँ २० पैसा पुगेकाे छ ।

मंगलबार आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

मंगलबार सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे अग्र स्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ६१ कराेड ९२ लाख ९१ हजार ६ सय ९२ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । पछिल्लाे केही दिनदेखि लगातार अरूण भ्याली हाइड्राेपावरकाे सर्वाधिक काराेबार भएकाे थियाे । आज भने युनाइटेड मोदी हाइड्रोपावरकाे धेरै काराेबार भएकाे हाे ।

त्यसपश्चात् धेरै काराेबार हुने दाेश्राे र तेश्राेमा क्रमश : अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र अपि पावर कम्पनी लिमिटेड रहेका छन् ।

याे पनि :

बजारमा ट्रेड गर्नु पूर्व बुझ्नु होस् यी कुरा, कुन सेक्टरमा के भइरहेको छ | Bhadra 20-23 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको