Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २.०४ प्रतिशतले घट्याे, कारोबार रकम पनि दिनहुँ घट्दै

नेप्से

बुधबार, २३ भदौ २०७८, १४ : ५८ मा प्रकाशित

नेप्से २.०४ प्रतिशतले घट्याे, कारोबार रकम पनि दिनहुँ घट्दै

सेयर बजार आज (बुधबार) पनि घटेकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । बुधबार नेप्से परिसूचक २.०४ प्रतिशतले घट्दा काराेबार रकम ६ अर्बमा सिमित भएकाे छ । हिजाे मंगलबार पनि नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० विन्दुमा झरेकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा झरेकाे छ । नेप्से २.०४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.९१ अंकले घटेर ५३६.५१ विन्दुमा पुगेकाे छ ।

कूल २२५ वटा कम्पनीकाे एक कराेड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61388778a7dbe.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । 

6138878749afb.jpg

बुधबार पनि सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ९७ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

613887992faaf.jpg

बुधबार लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

613887a36aed1.jpg

बुधबार पनि सर्वाधिक काराेबार हुने कम्पनीहरूकाे अग्र स्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीकाे ४० कराेड ५७ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

61388790f3c93.jpg

याे पनि :

बजारमा ट्रेड गर्नु पूर्व बुझ्नु होस् यी कुरा, कुन सेक्टरमा के भइरहेको छ | Bhadra 20-23 2078

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको