Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, १० : ३० मा प्रकाशित

एनआईसी एशियाका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ । लाभांश बितरणको लागि क्यापिटलले  भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन्। 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरिसकेको छ । 

क्यापिटलले संचालन गरेको अर्को योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाई धनीहरुले भने १० प्रतिशतका दरले प्रतिफल पाउने छन् । यसको बुक क्लोज भने यस अघि नै भईसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको