Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ बढ्यो, कुन कम्पनीमा कति लगानी ?

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, १० : ४८ मा प्रकाशित

एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ बढ्यो, कुन कम्पनीमा कति लगानी ?

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एन आई सी एशिया डाइनामिक डेप्ट फण्डल १ ले २०७८ साल कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ८३ पैसा पुगेको छ । उक्त मूल्य असोज मसान्तको तुलनामा १७ पैसाले बढेको हो । असोज मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ६६ पैसा रहेको थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ३५ करोड ३९ लाख ८२ हजार रूपैयाँ पुगेको छ । उक्त लगानी असोज मसान्तको तुलनामा बढेको हो । असोज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ३४ करोड ६८ लाख ५६ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै फmण्डले विभिन्न प्रकारका ४२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डको बैंक मौज्दात १८ करोड ३४ लाख ८० हजार रुपैयाँमा सिमित भएको छ । असोज मसान्तसम्म फण्डको बैंक मौज्दात १८ करोड ६ लाख ६६ हजार रूपैयाँ रहेको थियो ।

फण्डले सार्वजनिक गरेको कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ:

61a45f7365285.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको