Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, १० : ४३ मा प्रकाशित

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने

एफपीओ जारी गर्ने प्रस्ताव सहित युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो विशेष साधारणसभा बोलाएको छ ।

भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा आउँदो असोज ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको कोहलपुरस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले युनिक नेपाल र घोडीघोडा लघुवित्त आपसमा गाभ्ने वा गाभिने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन समेत गर्नेछ। 

भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति हुने प्रयोजनका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था बनाउन प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको