सेयर लगानीकर्ताहरु आज पनि माइतीघरमा रिले अनसन बस्ने भएका छन् । पुजिबजार सुधार सङ्घर्ष समितीको आयोजनामा हिजो भदौ २३ गतेबाट रिले अनसन सुरु हुने भएको हो । मागहरु सम्बोधन नभए निरन्तर २९ गतेसम्म दैनिक दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने कार्यक्रम तय भएको समितिले जनाएको छ ।
यदि २९ गतेसम्म पनि लगानीकर्ताका जाएज मागहरु सम्बोधन भएन भने लगानीकर्ताहरु भदौ ३० गते देखि आमरण अनशन बस्ने कार्यक्रम रहेको संघर्ष समितीका सहसंयोजक रोहन कार्कीले अर्थसंसार संगको कुराकानीमा बताए ।
समितिले गत सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो । गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका थिए ।
नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस