Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १३ : २७ मा प्रकाशित

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । 

सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए । 

सो रिटको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा पेसी चढेको थियो । तर, रिट निवेदक शाक्यकै कानुन व्यवसायीको निवेदनमा शुक्रबारको सुनवाइ स्थगित गरिएको छ । 

यसअघि ८ भदौमा प्रधानन्यायाधीश जबराकै एकल इजलासले कुलमानलाई नियुक्ति गर्ने निर्णयसहितका मिसिल झिकाउन आदेश दिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको