Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुको रिले अनसन तेस्रो दिनपनि जारी (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १६ : ४३ मा प्रकाशित

लगानीकर्ताहरुको रिले अनसन तेस्रो दिनपनि जारी (फोटोफिचर)

भदौ २३ गतेबाट सरु भएको सेयर लगानीकर्ताहरुको रिले अनसन आज तेस्रो दिन पनि जारी छ । मागहरु सम्बोधन नभए निरन्तर २९ गतेसम्म दैनिक दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने कार्यक्रम तय भएको समितिले जनाएको छ । 

यदि २९ गतेसम्म पनि लगानीकर्ताका जाएज मागहरु सम्बोधन भएन भने लगानीकर्ताहरु भदौ ३० गते देखि आमरण अनशन बस्ने कार्यक्रम रहेको संघर्ष समितीका सहसंयोजक रोहन कार्कीले अर्थसंसार संगको कुराकानीमा बताए ।  

समितिले  गत  सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो । गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका थिए । 

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको  थियो । 

613b3e589be27.jpg 613b3e5b61909.jpg 613b3e5dea9e5.jpg 613b3e5feb2c3.jpg 613b3e626d078.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको