Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, १० : ५५ मा प्रकाशित

३ कम्पनीकाे लिलामी सेयर भर्ने आज अन्तिम माैका

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडकाे स्वामित्वमा रहेकाे ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २७ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले आफ्नो स्वामित्वमा रहेको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । 

जसमध्ये, सेञ्चुरी कमर्सियल बैंककाे मूल्य १५० रूपैयाँ, मञ्जुश्री फाइनान्सकाे मूल्य ३५० रूपैयाँ र कामना सेवा विकास बैंक लिमिटेडकाे २५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले सबै कम्पनीकाे सेयरमा न्युनतम ५ हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको