Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, २७ भदौ २०७८, १२ : ३४ मा प्रकाशित

नेप्से अपडेट : ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार राष्ट्रिय बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयर र सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २० हजार एक सय ३२ रूपैयाँ २० पैसा पुगेकाे छ । राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयरकाे मूल्य १० प्रतिशतले बढेर १५ हजार ७ सय ८ रूपैयाँ पुगेकाे छ । त्यस्तै, सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय १ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

यसका साथै पाँचथर पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.५१ प्रतिशतले बढेर ५ सय ३९ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३४.२४ अंकले बढेर २९१०.२४ विन्दुमा पुगेकाे छ ।

613da4acd248b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको