Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक माहाेल : हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

नेप्से

आइतबार, २७ भदौ २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा सकारात्मक माहाेल : हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

लगातारकाे करेक्सनपछि साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । आइतबार सेयर बजारमा उच्च वृद्धि हुँदा म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहमा हरियाली देखिएकाे छ । 

बढेकाे बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर सूचक बढ्दा सर्वाधिक काराेबार हुने र सर्वाधिक नाफा कमाउने दुवैतिर हाइड्राेपावर कम्पनीहरूले नै अधिकांश हिस्सा ओगटेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेकाे छ । नेप्से २.४८ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले बढेर ५४८.२९ विन्दुमा पुगेकाे छ ।

कूल २३१ वटा कम्पनीकाे एक कराेड ७१ लाख ३ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

613dc9c578588.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह ६.३७ प्रतिशतले बढेकाे छ ।

613dc9c4be8d9.jpg

आइतबार १० वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अरूण काबेली, राष्ट्रिय बीमा कम्पनी, छ्याङ्दी हाइड्राेपावर, नेशनल हाइड्राेपावर लगायतका कम्पनीहरूकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

613dc9c4dd5ca.jpg

आइतबार अरूण भ्याली हाइड्राेपावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ७३ कराेड ७७ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

613dc9c607668.jpg

सर्वाधिक मूल्य घट्ने १० कम्पनीहरूमा रैराङ हाइड्राेपावर र कालिका लघुवित्तबाहेक बाँकी ८ वटा डिबेञ्चर र म्युचुअल फण्डहरू छन् ।

613dc9c55f540.jpg

याे पनि :

निराशको अवस्था पछि सेयरबजार यो साता के होला ? सबै सेक्टरको प्राविधिक विश्लेषण + महत्वपूर्ण जानकारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको