Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत लगानीकर्तालाई राष्ट्र बैंकले बोलायो

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, १७ : ३७ मा प्रकाशित

सेयर धितो कर्जाको सीमाको विरोध गर्दै आन्दोलनरत लगानीकर्ताहरूलाई नेपाल राष्ट्र बैंकले वार्ताका लागि बाेलाएकाे छ ।

भाेलि (साेमबार) नेपाल राष्ट्र बैंक र नेपाल धिताेपत्र बाेर्डले वार्ताका लागि बाेलाएकाे पुँजीबजार सुधार सङ्घर्ष समितीका संयाेजक राेहन कार्कीले बताएका छन् । 

यसै समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गते, साेमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । 

गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका थिए । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको  थियो । 

मागहरु सम्बोधन नभएकाे हुनाले भदौ २३ गतेदेखि दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको