Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीकाे सेयर मंगलबारबाट लिलामीमा आउने, कुनकाे कति ?

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, ०७ : २८ मा प्रकाशित

२ कम्पनीकाे सेयर मंगलबारबाट लिलामीमा आउने, कुनकाे कति ?

विभिन्न २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर भाेलि (भदाै २९ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिने भएकाे छ । 

ज्याेति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६ हजार ३६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएकाे हाे ।

जसमध्ये, ज्याेति विकास बैंककाे न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ ताेकिएकाे छ ।

लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

613eae4a4aea4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको