Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले बढ्याे नेप्से : हाइड्रो समूह सर्वाधिक घट्दा नन लाइफ समूह सबैभन्दा धेरै बढ्याे

नेप्से

सोमबार, २८ भदौ २०७८, १५ : ०४ मा प्रकाशित

झिनाे अंकले बढ्याे नेप्से : हाइड्रो समूह सर्वाधिक घट्दा नन लाइफ समूह सबैभन्दा धेरै बढ्याे

आज (साेमबार) सेयर बजार झिनाे अंकले बढेकाे छ । सामान्य बढेकाे बजारमा हाइड्राेपावर समूह सबैभन्दा धेरै घट्दा नन लाइफ इन्स्याेरेन्स समूह सबैभन्दा धेरै बढेकाे छ । आज हाइड्राेपावर समूह २.५४ प्रतिशतले घटेकाे छ । यता नन लाइफ इन्स्याेरेन्स समूह भने १.४८ प्रतिशतले बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.६९ विन्दुमा पुगेकाे छ । नेप्से ०.२७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेकाे छ ।

कूल २२६ वटा कम्पनीकाे एक कराेड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब २९ करोड ५ लाख ५४ हजार एक सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

613f1d7625111.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

613f1d80444e1.jpg

साेमबार पनि अरूण भ्याली हाइड्राेपावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६१ कराेड ९३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

613f1d8aafe02.jpg

यस दिन अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । मनकामना लघुवित्त र सानिमा लाइफकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ ।

613f1d907cd54.jpg

साेमबार कालिका पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

613f1d979e22e.jpg

याे पनि :

निराशको अवस्था पछि सेयरबजार यो साता के होला ? सबै सेक्टरको प्राविधिक विश्लेषण + महत्वपूर्ण जानकारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको