Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले ल्यायाे सेञ्चुरी रेमिट प्रिमियम खाता

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १५ : ४४ मा प्रकाशित

सेञ्चुरी बैंकले ल्यायाे सेञ्चुरी रेमिट प्रिमियम खाता

सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘Century Remit Premium Account’ को शुभारम्भ गरेको छ ।

एक हजार रूपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । यस खातामा अन्य बचत खातामा भन्दा १% बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि नि:शुल्क उपलब्ध गरिएको छ  । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुविधाहरुको व्यवस्था गरिएको छ । 

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘Century Remit Premium Account’ खोल्ने सुविधा लिन सक्नेछन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।       

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको