Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत लगानीकर्ताकाे माग सम्बाेधन गर्न सेबाेन सकारात्मक

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १७ : ३० मा प्रकाशित

आन्दोलनरत लगानीकर्ताकाे माग सम्बाेधन गर्न सेबाेन सकारात्मक

विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनरत लगानीकर्ताहरू र नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का बीच आज (साेमबार) वार्ता भएकाे छ । 

लगानीकर्ताहरूकाे मागप्रति सेबाेन सकारात्मक देखिएकाे छ ।पुँजीबजार सुधार सङ्घर्ष समितीले राखेका मागहरू सेबाेनमा नयाँ अध्यक्ष नियुक्त भएपछि सम्बाेधन गरिने छलफल भएकाे समितीका संयाेजक राेहन कार्कीले बताएका छन् । 

आज (साेमबार) नै राष्ट्र बैंकसँग पनि वार्ता हुने भनिएकाेमा राष्ट्र बैंकसँग भने वार्ता हुन सकेकाे छैन । 

याे समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गते, साेमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । 

उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको  थियो । 

मागहरु सम्बोधन नभएकाे हुनाले भदौ २३ गतेदेखि दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए । हालसम्म पनि उनीहरूकाे आन्दोलन भने जारी नै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको