विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनरत लगानीकर्ताहरूलाई अर्थ मन्त्रालयले वार्ताका लागि बाेलाएकाे छ । भाेलि (मंगलबार) अर्थमन्त्री जनार्दन शर्मासँग वार्ता हुने भएकाे पुँजीबजार सुधार सङ्घर्ष समितीका संयाेजक राेहन कार्कीले बताएका छन् ।
आज (साेमबार) लगानीकर्ताहरूकाे सेबाेनसँग वार्ता भएकाे थियाे । लगानीकर्ताहरूकाे मागप्रति सेबाेन सकारात्मक देखिएकाे छ । पुँजीबजार सुधार सङ्घर्ष समितीले राखेका मागहरू सेबाेनमा नयाँ अध्यक्ष नियुक्त भएपछि सम्बाेधन गरिने छलफल भएकाे छ ।
याे समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गते, साेमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको थियो ।
मागहरु सम्बोधन नभएकाे हुनाले भदौ २३ गतेदेखि दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए । हालसम्म पनि उनीहरूकाे आन्दोलन भने जारी नै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस