मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे विभिन्न २ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (भदाै २९ गते, मंगलबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ ।
क्यापिटलले ज्याेति विकास बैंक लिमिटेडको २९ हजार २ सय ५० कित्ता र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ६ हजार ३६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ज्याेति विकास बैंककाे न्यूनतम मूल्य १४५ रूपैयाँ र प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे न्यूनतम मूल्य ३ सय ५० रूपैयाँ ताेकिएकाे छ ।
लगानीकर्ताले दुवै कम्पनीकाे सेयरमा न्युनतम एक हजार कित्तादेखि र अधिकतममा १० ले भाग जाने गरी सबै कित्ताको लागि कार्तिक ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस