Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे ऋणपत्रले कति पायो रेटिङ ?

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १२ : ०० मा प्रकाशित

प्रभु बैंककाे ऋणपत्रले कति पायो रेटिङ ?

प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएकाे छ । बैंकले ऋणपत्र निष्कासन गर्नका लागि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ पनि गराएको छ ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी’  रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले ऋणपत्रलाई मध्यम कर्जा जाेखिम रहेकाे देखाउँछ ।

बैंकले १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । तर हालसम्म बैंकले नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएकाे छैन । बाेर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको