Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन, दुविधामा लगानीकर्ता

नेप्से

मंगलबार, २९ भदौ २०७८, १५ : ०० मा प्रकाशित

सेयर बजारमा करेक्सन, दुविधामा लगानीकर्ता

आज (मंगलबार) नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम पनि ५ अर्बमा खुम्चिएकाे छ । अहिलेकाे सेयर बजारकाे अवस्थामा लगानीकर्ताहरू पनि दुविधामा देखिएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा झरेको छ । 

कूल २२२ वटा कम्पनीकाे एक कराेड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61407212d9d6b.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

61407211e84aa.jpg

मंगलबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे २७ कराेड ३ लाख ७० हजार ५ सय २४ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

614072132cb99.jpg

आज मनकामना लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढ्दा सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार सर्किट लेभलमा भएकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेकाे हाे ।

61407211ec55d.jpg

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

6140721288275.jpg

याे पनि :

निराशको अवस्था पछि सेयरबजार यो साता के होला ? सबै सेक्टरको प्राविधिक विश्लेषण + महत्वपूर्ण जानकारी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको