Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएन सेयर बजारको ओरालो यात्रा : कर्जा सीमाको प्रभाव की व्याजदर बढ्ने हल्लाको ?

नेप्से

बुधबार, ३० भदौ २०७८, १४ : ५९ मा प्रकाशित

रोकिएन सेयर बजारको ओरालो यात्रा : कर्जा सीमाको प्रभाव की व्याजदर बढ्ने हल्लाको ?

आज (बुधबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ । मंगलबार ५ अर्ब १९ कराेडकाे काराेबार भएकाेमा बुधबार ५ अर्ब ३५ कराेडकाे काराेबार भएकाे छ । 

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसाे घटिरहेकाे  छ । १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋणमुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका छन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको विश्लेषकहरूकाे तर्क छ ।

सेयर बजारमा यसकाे प्रभाव नसकिँदै फेरि बैंकहरूकाे ब्याजदर बढ्ने हल्ला चलेकाे छ । वित्तीय प्रणालीमा तरलता प्रभावित भएकाे हुनाले बैंकहरूले असाेजबाट व्याजदर बढाउने हल्ला चलेकाे छ । तर आज बुधबार धेरै जसाे फाइनान्स कम्पनीहरूले प्रकाशन गरेका नयाँ व्याजदर हेर्दा कुनै पनि फाइनान्सहरूले ९ प्रतिशत भन्दा धेरै व्याज बढाएका छैनन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेकाे छ । नेप्से १.३७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा झरेको छ । 

कूल २२२ वटा कम्पनीकाे एक कराेड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6141c11d7d87c.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

6141c11d0342b.jpg

बुधबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे २२ कराेड १४ लाख ७० हजार ७ सय ५६ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

6141c11d88f56.jpg

आज मनकामना लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.२३ प्रतिशतले बढेर ८ सय १८ रूपैयाँ १० पैसा पुगेकाे छ । 

6141c11c6b5d3.jpg

यस दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

6141c11d06500.jpg 

याे पनि :

निराशको अवस्था पछि सेयरबजार यो साता के होला ? सबै सेक्टरको प्राविधिक विश्लेषण + महत्वपूर्ण जानकारी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको