Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, ०७ : ३१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ३.०६ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.०६ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदरमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ५.४१ प्रतिशत कायम गरेको छ । 

त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

6142a23fbfae1.jpg 6142a23fc9b07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको