Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर वृद्धिको प्रभाव : सेयर बजारमा भारी गिरावट

नेप्से

विहीबार, ३१ भदौ २०७८, १४ : ५६ मा प्रकाशित

ब्याजदर वृद्धिको प्रभाव : सेयर बजारमा भारी गिरावट

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजार घटेकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ । 

नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसाे घटिरहेकाे  थियाे । १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋणमुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका छन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको विश्लेषकहरूकाे तर्क छ ।

सेयर बजारमा यसकाे प्रभाव नसकिँदै फेरि बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छन् । बैंकहरुले भाेलि असोज १ गते, शुक्रबारदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका उल्लेख गरिएकाे छ । त्यसकाे प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएकाे छ । बिहीबार बैंकहरूले सार्वजनिक गरेका ब्याजदर हेर्दा सनराइज बैंकले मुद्दतिको ब्याज सबैभन्दा धेरै अर्थात् १०.०७ प्रतिशत दिने भएकाे छ । ब्याजदर प्रकाशन गर्ने अन्य बैंकहरूमा ११ वटा बैंकहरूले ९ प्रतिशतभन्दा धेरै, १३ वटा बैंकहरूले ८ देखि ९ प्रतिशतसम्म र एउटा बैंक अर्थात् स्ट्यान्डर्ड चाटर्डले ८ प्रतिशतभन्दा कम ७.५५ प्रतिशत ब्याज दिने भएकाे छ । बैंकहरूले यसरी ब्याजदर बढाएपछि सेयर बजारमा नकारात्मक असर देखिएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेकाे छ । नेप्से २.६५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीकाे एक कराेड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

614314260fd8b.jpg

बिहीबार पनि काराेबार रकममा अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे ३८ कराेड ६० लाख ४३ हजार ५ सय ८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

6143143e63f9b.jpg

आज जम्मा १० वटा कम्पनीकाे सेयरमूल्य बढेकाे छ । जसमध्ये ४ वटा डिबेञ्चर, ३ वटा संस्थापक सेयर, एउटा म्युचुअल फण्ड र अन्य २ वटा भने कम्पनी रहेका छन् । मनकामना लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ९९ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

614314331f2eb.jpg

यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.१७ प्रतिशतले घटेर ९ सय ५५ रूपैयाँमा झरेकाे हाे ।

614314395381a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको