अर्थ संसार, गौशाला– नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरूबाट रु १७ लाख भन्दा बढी रकम असुल गरेको छ ।
केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रणमा लिई रु १७ लाख ६१ हजार ७८६ जरिवाना गरिएको बताउनुभयो ।
केन्द्रबाट खटिएका नेपाल र सशस्त्र प्रहरीसहितको विद्युत् नियन्त्रण टोलीले जिल्लाको विभिन्न गाउँ ठाउँमा गएर अनधिकृत रुपमा बिजुली प्रयोग गर्दैआएका घरबाट ५० भन्दा बढी टेलिभिजन, मोटर, पङ्खा, इन्भर्टर, स्टेबलाइजरलगायतका उपकरण नियन्त्रणमा लिएको प्राविधिक प्रमुख अभिषेकराज कलवारले बताउनुभयो ।
यसका साथै सो केन्द्रले वर्षौंदेखि विद्युत् महसुल नतिरेका ९४५ जना ग्राहकको लाइनसमेत काटिदिएको छ । प्राधिकरणले सञ्चालन गरेको चोरी नियन्त्रण अभियानबाट हालसम्म रु एक अर्ब ६५ करोड बराबरको असुली भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस