Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रदमा मूल्य समायोजन, समायोजनपछि भाउ कति ?

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १० : ४० मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रदमा मूल्य समायोजन, समायोजनपछि भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद र बाेनस सेयरमा मूल्य समायाेजन गरिएकाे छ ।

बैंककाे १२ प्रतिशत बाेनस सेयर र ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ६२ रूपैयाँ ६८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

6144214e15ba0.jpg

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकले असोज १६ गते बिहान ११ बजे सिद्धार्थ होटल, विर्तामोड, झापामा पन्ध्रौँ वार्षिक साधारण सभा गर्दैछ ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको