Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, १५ : २५ मा प्रकाशित

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरूका परिवारजनहरुका लागि कामना सेवा विकास बैंक लिमिटेडले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैंकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाइनेछ । यो खाता अनलाईन माध्यमबाट पनि खोल्न सकिनेछ ।

काठमाडौं -३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारित शाखा लगायत ०६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नाे सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको