Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुप पावरको वार्षिक साधारण सभा आज, लाभांश र हकप्रद पारित हुँदै

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, ०७ : ०३ मा प्रकाशित

ङादी ग्रुप पावरको वार्षिक साधारण सभा आज, लाभांश र हकप्रद पारित हुँदै

ङादी ग्रुप पावर कम्पनी लिमिटेडको आठौँ वार्षिक साधारण सभा आज असोज ३ गते क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा बिहान ९ बजे शुरु हुँदैछ । साधारणसभाले लाभांशका साथै हकप्रदको प्रस्ताव समेत पारित गर्नेछ । 

कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १८ गते, शुक्रबार देखि बुकक्लोज गर्ने भएको छ । त्यसैले  भदौ १७ गते, बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ङादी ग्रुप पावर लिमिटेडका सेयरधनी हरिभक्त लामिछानेले कम्पनीको साधारण सभा स्थगित गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

निवेदनमा भनिएको छ, ूमुलुक कोभिड १९ को माहामारीबाट आकान्त छ । संक्रमण विस्तार रोक्न नेपाल सरकारले लामो समय लकडाउन गरेको थियो । अहिले लकडाउन केही खुकुलो बनाए पनि सकमण रोकिएको छैन । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले असोज १ गतेदेखि अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जलुस गर्ने, जात्रा, महोत्सव भोज नगर्ने, नगराउने आदेश जारी गरेको अवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको